मध्यरातमा महतोमाथि आक्रमणको प्रयास
शियाराम साह मंसीर २०, जनकपुरधाम । भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला धेरैको चासोको क्षेत्र बनेको जनकपुरमा अपराधिक क्रियाकलापहरु बढन थालेको छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि अज्ञात समुहले आक्रमण गर्न

२०७४ मंसिर २० बुधबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

शियाराम साह
मंसीर २०, जनकपुरधाम । भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला धेरैको चासोको क्षेत्र बनेको जनकपुरमा अपराधिक क्रियाकलापहरु बढन थालेको छन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि अज्ञात समुहले आक्रमण गर्ने असफल प्रयास गरेका छन् ।
जनकपुरको देबीचौकमा राजपा नेता महतोको निजि गाडीमा तोडफोड गर्न लागेका ती समूह राजपाका कार्यकर्ताहरुको प्रतिकारपछि भागेका थिए ।
जनकपुरका नामुद गुण्डा मानिने जीवनाथ चौधरी नेतृत्वका एक दर्जन गुण्डाहरुले महतोको गाडी चालक र निजि सुरक्षा गार्डलाइ धम्काएर गाडीलाई तोडफोड गर्न खोजेका थिए ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले भने झडप राजपा र काँग्रेसका कार्यकर्ताबीच झडप हुने सम्भावना भनिएपनि केही पनि नभएको जनाएको छ ।
हो हल्ला गरेर कार्यकर्ताहरु आ आफनो घर गएको प्रहरी प्रवक्ताले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…