कोरोना रोकथाम कोषमा पूर्वराजा साहले २ करोड दिने
न्यूज ब्यूरो, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने बताएका हुन् । उनले कोरोना भाइरसको महामार

२०७६ चैत १८ मंगलबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने बताएका हुन् । उनले कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताएका छन् ।
पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…