आन्तरिक हवाई सेवा पनि वैशाख ३ गतेसम्म बन्द
न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण नेपालमा आन्तरिक हवाई सेवासमेत बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको हो । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह

२०७६ चैत १८ मंगलबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण नेपालमा आन्तरिक हवाई सेवासमेत बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको हो । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहने छन् ।
अर्थात् लकडाउन २५ चैतमा खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…