प्रदेश २ : क्वारेन्टाइनमा दुईसय ५९ जना, आइसोलेसनमा कति ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा १२ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरुलाई उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुईजना जनकपुरस्थित प्रादेशिक अस्पताल, पाँचजना वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पताल र पाँचजना ब

२०७६ चैत १७ सोमबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा १२ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
उनीहरुलाई उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुईजना जनकपुरस्थित प्रादेशिक अस्पताल, पाँचजना वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पताल र पाँचजना बाराको कलैयास्थित अस्पतालमा छन् ।
कोरोनाको आशंका भएका तीनजनाको रिपोर्ट निगेटिभ आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले धनुषाका दुई र सप्तरीको एकजनाको रिपोर्ट निगेटिभ आएको जानकारी दिए ।
जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा रहेका दुईजना र रौतहटको चन्द्रपुर हस्पिटलमा उपचार गराइरहेको तीनजनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । यस्तै, प्रदेश २ का विभिन्न क्वारेन्टाइनमा २५९ जना राखिएका छन् ।
विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको वरिष्ठ अधिकृत झाले जानकारी दिए । सप्तरीमा सबैभन्दा बढी १३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रौतहटमा ९२ जना क्वारेन्टाइनमा छन् । सिरहामा १०, धनुषामा १२, सर्लाहीमा २ र बारामा ५ जना क्वारेन्टाइनमा छन् ।
पर्साको क्वारेन्टाइनमा राखिएका सबै १५ जना भने फिर्ता भइसकेका छन् । महोत्तरी हालसम्म एकजना पनि क्वारेन्टाइनमा छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…