लकडाउन : एकविहानै २ सयबढी पक्राउ
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गर्ने दुईसय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार एकाबिहानै काठमाडौंबाट ५५ महिला र १५५ जना पुरुषलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यलय, रानीपोखरीका प्रहरी प्रमुख डिआईजी विश्वर

२०७६ चैत १६ आइतबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गर्ने दुईसय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले आइतबार एकाबिहानै काठमाडौंबाट ५५ महिला र १५५ जना पुरुषलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यलय, रानीपोखरीका प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट लकडाउनको उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा राख्ने बताएका छन् ।
डिआईजी पोखरेलले अब लकडाउन उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए । उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने जानकारी दिए ।
प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकलाई आग्रह पनि गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…