धनुषाका यी स्कूलले विद्यार्थीहरुबाट महामारीमा कुनै शूल्क नलिने घोषणा
प्रदेश नं. २ मै न्यू लाईफ भिजन ईङगालिस बोर्डिङग स्कूलले यस्तो निर्णय गरेको हो ।

२०७६ चैत १५ शनिबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाका एक नीजी विद्यालयले कोरोनाको महामारीलाई मध्यनजर गर्दै एक महिनाको शूल्क नलिने घोषणा गरेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी रेल्वे स्टेशन नजिक रहेको न्यू लाईफ भिजन ईङगालिस बोर्डिङग स्कूलले एक महिनाको शूल्क कुनै पनि विद्यार्थीबाट नलिने घोषणा गरेको छ ।
विद्यालयका प्रबन्धक निर्देशक सुजित कुमार यादवले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाको महामारीमा पनि विद्यार्थीको अभिभावकलाई थप चाप नदिने बताउनुभएको छ ।
कोरोनाको कारण विश्वकै अर्थतन्त्र न्यून भएको बेला सरकारको लकडाउनमा साथ दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट कुनै प्रकारको शुल्क नलिने बताउनुभएको छ ।
उहाँले भन्नुभयो– यस्तो अवस्थमा शूल्क लिनु मानवताले मानेन । सरकारको लकडाउनमा हामी साथ छौं, जति दिन लकडाउन हुन्छ कुनै पनि शूल्क लिने छैन हामी । विद्यालयका शिक्षक शिक्षिकाहरुलाई हामी नियमित तलब उपलब्ध गराउने छौं । तर हामी विद्यार्थीबाट शुल्क लिने छैनौ । लकडाउनका कारण आर्थिक अवस्था कमजोर भएको अभिभावकसँग हामीले कुनै शूल्क लिने छैनौ ।

उहाँले सरकारले लकडाउनको अवधि थप गरेपछि विद्यालयले त्यो थप अवधीको पनि कुनै शुल्क नलिने बताउनुभएको छ । ६०० बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयले एक महिनाको लागि तत्काल शुल्क नलिने घोषणा गरेपनि लकडाउनको अवस्था हेरी २ महिनासम्मको शूल्क छुटको निर्णय गरिने पनि बताउनुभएको छ ।
प्रदेश नं. २ मै न्यू लाईफ भिजन ईङगालिस बोर्डिङग स्कूलले यस्तो निर्णय गरेको हो ।
प्रबन्धक निर्देशक सुजित कुमार यादवले भने शिक्षक तथा अन्य कर्मचारीहरुको तलब नियमित दिने बताउनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…