कर्मचारीलाई आवश्यक बेलामा उपस्थित हुन प्रदेश सरकारको निर्देशन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले सबै कर्मचारीहरुलाई आवश्यक परेको बेला उपस्थित हुनसक्ने गरी नियमित सम्पर्कमा बस्न निर्देशन दिएको छ । सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतका प्रत्येक निकायलाई संक्रमण नियन्त्रण एवं व्यवस्थापनको कार्यमा तदारुकताका साथ परिचालन गर्ने निर्णय गरेको छ ।

२०७६ चैत १४ शुक्रबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले सबै कर्मचारीहरुलाई आवश्यक परेको बेला उपस्थित हुनसक्ने गरी नियमित सम्पर्कमा बस्न निर्देशन दिएको छ ।
सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतका प्रत्येक निकायलाई संक्रमण नियन्त्रण एवं व्यवस्थापनको कार्यमा तदारुकताका साथ परिचालन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम नियन्त्रण एवं व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयको सचिवको संयोजकत्वमा विभिन्न विशेष अपरेसन डेस्क स्थापना र परिचालन गर्ने निर्णय गरिएको छ ।
सूचना समन्वय तथा प्रतिकार्य र सुरक्षाकर्मी परिचालन डेस्क, रोकथाम, परामर्श तथा स्वस्थ्योपचार समन्वय डेस्क, अत्यावश्यक वस्तु तथा सेवा सहजीकरण, वन क्षेत्रको संरक्षण एवं बजार अनुगमन डेस्क,प्रदेशस्तरीय समन्वय एवं सहजीकरण डेस्क स्थापना गरिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारका अन्य सबै मन्त्रालय र कार्यालयहरुमा कोरोना भाइरस महामारी नियन्त्रण सहयोग तथा समन्वय डेस्क स्थापना गरी फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ । विद्युतीय माध्यमबाट कार्यालयको काम सम्पादन गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…