मदिरा उत्पादन रोक्न कडा प्रस्तुत भएका छौं : डिआजी कार्की
हल्ला भरमा गरेको समाचार सम्प्रेषणका कारण जनता झन् त्रासित भएको बताउनुभयो ।

२०७६ चैत ३ सोमबार, दिउँसो १२:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक (डिआजी) प्रद्युम्न कार्की घरेलु मदिरा उत्पादन लगायत लागूऔषधी नियन्त्रण गर्न नेपाल प्रहरीले कडाइका साथ प्रस्तुत भएको बताउनुभएको छ ।
ईलाका प्रहरी कार्यलय यदूकोहाको भवन उदघाट्न समारोहमा आफ्ना मन्तव्य राख्दै उहाँले प्रदेश नं २ को शान्तिसुरक्षा तस्करी नियन्त्रणमा सुरुको दिन भन्दा अहिले कडाइका साथ प्रस्तुत भएको दाबी गर्नुभयो ।
“अहिले जल्दाबल्दा समस्याको रूपमा घरेलु मदिरा रहेको छन् अस्ति मात्रै क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवन गरी दस जना भन्दा बढीले ज्यान गुमाए सकेकाले जहाँजहाँ घरेलु मदिरा उत्पादन भइरहेको छ ,तुरुन्त बन्द गराउन गराउनुपर्छ ।”–उहाँले भन्नुभयो ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवको अध्यक्षतामा आयोजना गरिएको सो समारोहमा अर्को प्रसँगमा करोना भाइरसको त्रास बढेको बताउँदै उहाँले पत्रकारहरुलाई हल्लाको भरमा मात्रै समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।
हल्ला भरमा गरेको समाचार सम्प्रेषणका कारण जनता झन् त्रासित भएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय यदुकोहाको नयाँ भवन प्रहरीहरुको सुबिधाको लागि मात्रै नभई जनताको शान्तिसुरक्षामा जिम्मेवारी ढंगले अगाडि बढ्नको लागि भएको बताउनुभयो ।
उदघाट्न समारोहमा धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेत, सहिद नगर नगरपालिकाको प्रमुख उदय कुमार बरबरिया , उपप्रमुख शिला कापर लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…