कोरोनाको आशंकामा एक युवक काठमान्डौं रिफर
तर नोबेल कोरोना भाईरसको लक्ष्ण पनि यस्तै नै हो”– चिकित्सकले भने ।

२०७६ चैत ३ सोमबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा एक युवकलाई काठमान्डौं पठाइएको छ ।
भारतको दिल्लीबाट अध्ययन गरेर केहिदिन पहिले पर्सा जिल्ला घर आएका एक युवकलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको आंशका गरीएको छ ।
पर्सा जिल्ला पोखरीया नगरपालिका बस्ने २२ वर्षीय (नाम गोप्य) युवकलाई ज्वरो, रुघा खोकी लगातार आएपछि कोरोना भाईरसको आंशका गर्दे उनी आफै बीरगंज नारायणी अस्पतालमा भर्ना हुन गएका थिए ।
भारतको दिल्लीमा अध्ययन गरेका ती युवक नेपाल आएको केही दिनमा नै रुघा खोकी, ज्वरो आएको हो । ती युवकको नारायणीमा अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी काठमांडौ रिर्फर गरेको बताइएको छ ।
“ज्वरो, रुघा खोकी आउनु बितीकै कोरोना भाईरस भन्न मिल्दैन, रिर्पोट नआएसम्म हामी केही बोल्न मिल्दैन ,तर नोबेल कोरोना भाईरसको लक्ष्ण पनि यस्तै नै हो”– चिकित्सकले भने ।
हामीले सुरक्षा र सतकर्ता अपनाउन अति आवश्यक रहेको ती चिकित्सकले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…