वडाध्यक्ष यादवको समुहले आक्रमण गर्दा ८ घाईते, १ गम्भिर !
एक जनालाई प्रहरीले पक्राउ पनि गरेका छन र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

२०७६ चैत २ आइतबार, दिउँसो ४:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ मा एक पालिकाका वडाध्यक्षको समूहले इटा भट्टामा आक्रमण गर्दा ८ जना घाईते भएका छन् ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ६ दुधियाभार चौक छेउमा रहेको दाईभाई इट्टा उद्योगमा वडाध्यक्षको समूहले आक्रमण गरि लाखौंको क्षति गरेका छन् ।
गरुडा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष अशोक यादवको अगुवाईमा दर्जनौको संख्यामा गएका समुहले आज (आइतबार) सो इटा उद्योगमा आक्रमण गरेका हुन।
बाँस, लाठी, घरेलु हातहतियार सहित गएका मानिसहरुले इटा उद्योगका संचालक रामबाबू चौधरीको भाई मुकेश कुमार चौधरी सहित ८ जना माथी संघातिक हमला गरेका हुन ।
कुटपिटबाट मुकेशलाई गम्भीर चोटपटकपटक लागेको र अन्यलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए छन।
कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको छ। सामान्य घाइते अन्यको उपचार गरुडामा भइरहेको डिएसपी महतोले बताए ।
आक्रमणकारीहरुले इटा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।
आक्रमणबाट भारतीय नम्बर होण्डा साइन बिआर ३० एस ४९५५, जेसिबि ना. १ क ८४९०, हिरो एचिभर बिआर ३० आर ३८०३, हिरो सुपर बिआर ३० डब्लु ८७६२, ट्याक्टर ५६९०, इण्डो फार्म ना ६ त ८८३१, टाटा ट्रिपर ग १ क ४४९१ सहितको गाडीमा क्षति पुऱ्याइएको छ ।
दाई–भाई इटा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए।
घटनामा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेका छन र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
यस अघि हिजो शनिबार साझ गरुडा नगरपालिका पोटियाहीमा वडा अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूह बिच भनाभन हुदा ढुङा मुढा समेत भएको थियो ।
प्रहरीको सक्रियताले गएराती कुनै घटना हुन नसकेको भएपनी आज बिहान वडा अध्यक्ष अशोक यादव सहितको समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पिडित रामबाबु चौधरीले अशोक यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफुले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको र आक्रमणबाट ७० लाख भन्दा बढीको क्षति भएको दाबी गरेका छन् ।
अहिले घटना स्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस भने उद्देशयले ठूलो संख्यामा नेपाल प्रहरी र शस्त्र प्रहरीको उपस्थित रहेको छ ।
यस सन्दर्भमा वडा अध्यक्ष आशोक यादबसङ कुरा गर्दा घटनामा आफ्नो कुनै समलग्नता नरहेको दाबी गरेका छन ।
आफुले कहिले पनि कुनै प्रकारको बिबादास्पद काम नगरेको बताउदै यादबले जनप्रतीनिधि भएको बेला यस्तो झै-झगडा र समाजिक सदभाब बिग्रने कामको कल्पनै गर्न नसक्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…