जनकपुरः २ टा मोसामा चिरफार, एउटामा आगजनी
स्थानीयहरुका अनुसार राती १ बजे मोटरसाईकलमा आगजनी गरेर उक्त समूह भागेका थिए ।
२०७६ चैत २ आइतबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा गएराती अज्ञात समूहद्धारा ३ वटा मोटरसाईकलमा क्षति पुरयाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित रहेको कुम्हार कुटि नजिक सो घटना भएको हो । गएराती करिब १ बजे तर्फ मोटरसाईकलमा आगजनी गरिएको हो ।
अज्ञात समूहद्धारा रोकि राखिएको ३ वटा मोटरसाईकल मध्ये २ वटामा सिट चिरफार सहित मोटरसाईको बोडीमा समेत चिरा लगाएको छ भने एउटामा आगो नै लगाइदिएका छन् ।
स्थानीय पप्पु साह मोटरसाईकल धनि रहेको उक्त मोटरसाईकल उनकै घर अगाडी रोकेर राखिएको थियो । प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाईकलमा आगजनी गरिएको हो ।
स्थानीयहरुका अनुसार राती १ बजे मोटरसाईकलमा आगजनी गरेर उक्त समूह भागेका थिए । आगजनी भएपछि स्थानीयहरु विउझिएका थिए । तत्कालै आगो नियन्त्रणमा लिएपनि मोटरसाईकल भने बर्बाद भईसकेको सवारी धनीका भाई अक्षय साहले बताए ।
यसबारे प्रहरीलाई जानकारी गराएको तथा प्रहरीको टोली समेत घटनास्थल पुग्न लागेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
कुलदीप दास
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…