कोरोनाको डर : मधेश सरकारले १ सय १५ बेडको 'आईसोलेशन वार्ड' बनाउँदै
धनुषाको रमदैया भवाडी स्थित रहेको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा वार्ड निर्माण गरिने

२०७६ चैत १ शनिबार, दिउँसो ३:१४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल समेत कोरोनाको उच्च जोखिममा घोषित गरिएपछि मधेश सरकारले त्यसबाट जोगिन पूर्वतयारी सुरु गरेको छ ।
प्रदेश नं. २ लाई कोरोना भाइरसबाट बचाउनको लागि कसरत सुरु गरिएको हो । सो क्रममा १ सय १५ बेडको आईसोलेशन वार्ड (अलगाव वार्ड) निर्माण गर्न लागिएको हो ।
आईसोलेशन वार्ड – अस्पतालमा साधारण वार्ड भन्दा बेग्लै र अलगै राखिने वार्ड हुन्छ । जसमा शंकास्पद विरामीलाई अलगै राखेर उपचार सेवा, चेकजाँच गरिने वार्ड हुन्छ ।
प्रदेश भित्र रहेका बिभिन्न मेडिकल कलेज तथा अस्पतालमा कुल १ सय १५ वार्ड निर्माण गर्न लागिएको हो । कोरोनाको महामारीबाट जोगिनको लागि विभिन्न अस्पतालमा आईसोलेशन वार्ड निर्माण गर्न लागिएको हो ।
प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा ३ वटा, नारायणी उपक्षेत्रिय अस्पताल वीरगँजमा ५ वटा, धनुषाको रमदैया भवाडी स्थित रहेको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा वार्ड निर्माण गरिने भएको छ ।
प्रदेशका स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय कुमार झाका अनुसार, नेशनल मेडिकल कलेजमा ५० वटा आईसोलेशन वार्डको निर्माणका लागि काम अगाडी बढाइएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…