भोलीदेखि १४ दिनको लागि सबै उडान बन्दको घोषणा
१२ वटा युरोपियन देशहरु सहित एसिया र अफ्रिकालाई समेत आवतजावतको लागि प्रतिबन्ध लगाएको हो ।

२०७६ चैत १ शनिबार, दिउँसो २:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सउदी सरकारले १४ दिनको लागि सबै उडान बन्द गर्ने भएको छ ।
सउदीको समाचार एजेन्सी, सउदी प्रेस एजेन्सीका अनुसार भोली (आईतबार) अर्थात १५ मार्चदेखि २ हप्तासम्म सबै उडान बन्दको घोषणा गरिएको हो ।
सउदी अरेबिया राज्यमा अहिलेसम्म ८६ जनामा कोरोना भाइरसको संदिग्ध फेला परेपछि त्यहाँको सरकारले झन फैलिन नदिन सो कदम चालेको जनाइएको छ ।
कोरोनाको महामारी र त्रास तथा प्रभावलाई न्यूनिकरण गर्ने उदेश्यले सो निर्णय लिइएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
आईतबार १५ मार्चदेखि सउदीबाट बाहिर जाने तथा सउदी अरेबिया भित्र छिर्ने सबै फलाइटहरु स्थगित गरिएको हो । आईतबार सउदीको समय ११ बजेदेखि लागू हुने गरी उडानहरु स्थगित गरिने छ ।
अन्य सबै उडानहरु स्थगितको घोषणा गरिएपनि अति संवेदनशिल उडानहरु मात्र भर्न सकिने पनि जनाएको छ । अति आवश्यक उडान बाहेक अन्य कुनै उडान भर्न पाउने छैनन् ।
यसका साथै, आज (शनिबार) सम्म अन्य देशमा भएका साउदीका नागरिक सहित अन्य बाहिरी नागरिकहरु पुग्न नसकेको खण्डमा यो १४ दिनको अन्तरालको लागि सार्वजनिक विदाको रुपमा व्यवस्थापन गरिने जनाइएको छ ।
आजसम्म सउदी छिर्न नसकेका तथा सउदीभन्दा बाहिर जान नसकेकाहरुको लागि सरकारले स्वतः सार्वजनिक विदा मान्न भनिएको छ । यस वापतको सरकारी कर्मचारी, कामदारको भने कुनै प्रकारको तलब कटौती नगरिने जनाइएको छ ।
साउदी अरेबियाका स्वास्थ्य एवम आन्तरिक मामिला मन्त्रालयले साउदी बाहिर रहेका साउदीका नागरिकहरुलाई शिघ्र आफ्नो देश ल्याउनको लागि कसरत थालिएको बताइएको छ । साउदी आउन चाहने आफ्ना नागरिकलाई देश ल्याउनको लागि सूचना जारी गरी व्यवस्थापन गरिने जनाइएको छ ।
गत साता मात्र साउदी अरेबियाले १२ वटा युरोपियन देशहरु सहित एसिया र अफ्रिकालाई समेत आवतजावतको लागि प्रतिबन्ध लगाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…