कोरोना महामारी समाप्त भएको चीनको घोषणा !
चीनको यो घोषणा सही सावित भयो भने विश्व ठूलो क्षति व्यहोर्नबाट जोगिनेछ ।

२०७६ फागुन २९ बिहीबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वलाई आतंकित बनाएको कारोना भाइरस (कोभिड–१९) समाप्त भएको चीनले जनाएको छ ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिरहँदा चीनले भने बिहीबार समाप्त भएको घोषणा गरेको हो । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले यस्तो घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम बन्द भएपछि यस्तो घोषणा आएको हो । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वको विभिन्न देशमा फैलिएको छ ।
विश्वभर हालसम्म एक लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । यस अघिदेखि चीनले कारोना भाइरसविरुद्धको खोप पत्ता लगाएको दावी गर्दै आएको थियो ।
चीनको यो घोषणा सही सावित भयो भने विश्व ठूलो क्षति व्यहोर्नबाट जोगिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…