प्रेस लेखेको गाडीबाट भारी मात्रामा ड्रगस पक्राउ
उहाँले बारा प्रहरीको यो ठुलो सफलता रहेको बताउनुभयो ।

२०७६ फागुन २७ मंगलबार, दिउँसो १:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रेस लेखिएको मोटरसाईकलबाट भारी मात्रामा लागुऔषध (ड्रगस) बरामद गरिएको छ ।
आज (मँगलबार) विहान करिब ९ बजेको समयमा प्रदेश नं. २ को बारा प्रहरीले सो लागुऔषध सहित २ जनालाई समेत पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल बिधुत प्राधिकरण अगाडी बाटोमा २ जना सहित ९०० पिस ड्रगस बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीको कमाण्डमा खटी गएको प्रहरी टोलीले जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. १५ बस्ने बर्ष ३० को जितेन्द्र कुमार सिहले “प्रेस” लेखेको ना ६२ प ६२६७ नम्बरको मोटरसाईकलबाट उक्त परीमाणको लागूऔषध पक्राउ गर्न सफल भएको हो ।
मोटरसाईकल सहित मोटरसाईकलवाला भारत विहार बस्ने बर्ष २२ को नासिर आलमको साथबाट लागु औषधमा डाईजीपाम–३०० पिस नुफिन ३०० र फेनारगन ३०० पिस गरी जम्मा ९०० पिस ड्रगस बरामद गरिएको जनाइएको छ ।
लागू औषध सहित उनी दुवै जनालाई कानुन बमोजिम पक्राउ गरिएको भन्दै अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिएसपी गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँले बारा प्रहरीको यो ठुलो सफलता रहेको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…