मधेशको महाकुम्भ 'परिक्रमा' आज धनुषाधाममा विश्राम गर्दै
माध्यमिकी परिक्रमाको धार्मिक लस्कर भोली (बुधबार) धनुषाको सतोषर पुग्ने छ ।

२०७६ फागुन २० मंगलबार, बिहान ८:२८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज १० औं पडाव स्थल ऐतिहासिक धनुषाधाम आईपुगेको छ ।
गत साताको आईतबारदेखि धनुषाको मिथिला बिहारीको मन्दिर ठेरा कचुरीबाट उठेको डोला सहित धार्मिक लस्कर १० पडावस्थल आईपुगेको हो । त्रेतायुगमा भगवान राम र सीता (किशोरी) जीको डोला सहित धनुषाधाम आईपुगेको हो ।
माध्यमिकी परिक्रमाको धार्मिक लस्कर भोली (बुधबार) धनुषाको सतोषर पुग्ने छ ।
यस्तो छ परिक्रमा पथ, सबै पडाबस्थलको आ- आफनै महत्व
पहिलो दिनः फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर ९कुवा हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।
दोस्रो दिनः दोस्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टि तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कलाणेश्वर ९कलनाः निकै आकर्षक एवं मनमोहक छ । भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।
तेस्रो दिनः तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमिर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।
चौथो दिनः यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महत्वका १२ मन्दिर तथा आठवटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा अरु मठहरु छन् ।
पाँचौँ दिनः मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।
छैटौँ दिन : यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुईवटा आकर्षक पोखरी छन् ।
सातौँ दिनः सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।
आठौँ दिनः यात्रीहरुको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।
नवौँ दिनः यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाअर्चना गर्छन् ।
दशौँ दिनः यस दिन यात्रीहरु पर्वता धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको घना वन क्षेत्रले यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।
एघारौँ दिनः यात्रीहरुको एघारौँ दिनको गन्तव्य पर्वता धनुषाधाम सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।
बाह्रौँ दिनः यात्रीहरुको बाह्रौँ दिनको गन्तव्य पर्वता धनुषाधाम सतोषर औरही हो । जनकपुर–जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।
तेह्रौँ दिनः भारतको विशौल परिक्रमा यात्रीको तेहौँ दिनको गन्तव्य हो ।
चौधौँ दिनः चौधौँ दिन परिक्रमा यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कलाणेश्वर नजिकै छ ।
पन्ध्रौँ दिनः यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोशी परिक्रमा (अन्गगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन र पूजा गरी घर फर्कन्छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…