जनकपुरः बिजुलीको पोलमुनी किचिए बालक
आशिकको अकाल मृत्यूपछि सिँगो टोलमै रुवावासी भएको छ भने टोल शोकमग्न भएको छ ।

२०७६ फागुन १८ आइतबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्यालयबाट छुट्टी भएर राखिएको विजुली पोलमा खेल्न गएका एक बालकको किचिएर मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित रहेको धनुष आवासीय विद्यालयमा अध्ययनरत स्थानीय विनोद गडेरीका छोरा अन्दाजी बर्ष १० आशिक गडेरीको किचिएर मृत्यू भएको हो ।
आज (आईतबार) दिउँसो करिब ४ः०० बजेको समयमा विद्यालय छुट्टी भएपछि धनुषाधाम नगरपालिका कार्यालयको करिब २०० मिटर पछाडी जम्मा गरि राखिएको विजुलीको पोलमा बस्न गएका थिए ।
पोलमा बस्ने वित्तिकै पोल ढल्किएपछि आशिक पोल मुनी आएर किचिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटना भएलगत्तै ५० मिटरको दुरीमा मात्र रहेको ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल धनुषाधाम घटनास्थल पुगेर पोल हटाएका छन् ।
डोजर लिएर पोल हटाएपछि त्यतिबेलासम्म आशिकको ज्यान गईसकेको थियो । धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर बस्ने आशिक स्कूल सकेर घर जाने मनसायमा थिए । उता, घर आउने भनेर उनकी आमा प्रतीक्षारत थिइन् ।
आशिकको अकाल मृत्यूपछि सिँगो टोलमै रुवावासी भएको छ भने टोल शोकमग्न भएको छ । यता, आशिकको मृत शरिरलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भईरहेको प्रहरील जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…