धनुषाः शहिदनगरको सुरक्षा चुस्त, ठाउँ ठाउँमा प्रहरी बिट स्थापना
शहिदनगर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट स्थापना गरिएको हो ।

२०७६ फागुन १७ शनिबार, राति १०:१९ बजे२ मिनेट पढाइ
शहिदनगर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट स्थापना गरिएको हो ।

२०७६ फागुन १७ शनिबार, राति १०:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न ठाउँमा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।
शहिदनगर नगरपालिकाको यदुकूहा बजार क्षेत्रको चारै तर्फ प्रहरी बिट स्थापना गरिएको छ । हुलाकी सडकबाट यदुकूहा बजार पस्ने भठ्ठी चोक, चोरा कयलपुरबाट यदुकूहा पस्ने शहिदचोक र सोनारपट्टि तर्फ गरी तीन ठाउँमा प्रहरी बिट सहित जनकपुर यदुकुहा बाटोमा ईलाका प्रहरी कार्यालय गरी चारै तर्फ प्रहरी राख्ने भएको छ ।
विभिन्न समयमा हुँदै आएको अपराधिक गतिविधि तथा चोरी निकासी नियन्त्रणको लागि चारै तर्फ प्रहरी बिट स्थापना गरिएको नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले बताउनुभयो । शहिदनगर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट स्थापना गरिएको हो ।

गस्तीमा हुने प्रहरीको लागि मोटरसाईकलको समेत व्यवस्था गर्ने जनाउँदै उहाँले प्रहरी बिट चारै तर्फ भएपछि व्यापारिक र बजार क्षेत्र मानिएको यदुकूहाको सुरक्षा अवस्था कडा पारिएको दाबी गर्नुभयो ।
प्रहरी बिटलाई उदघाटन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले मेयर बरबरियाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो–“गरे के हुँदैन र ? शहिदनगरका मेयर साहबले गरेर देखाईदिनुभएको छ । धनुषाको कुनै पनि नगरपालिकामा जनकपुर बाहेक ठाउँ ठाउँमा प्रहरी बिटको स्थापना गरिएको छैन । मेयर साहबको लगनशिलतलाई म सराहना गर्छु । र बधाई पनि ज्ञापन गर्दछु ।”
प्रहरी बिटलाई उदघाटन गर्दै सिडिओ कनेलले नगरवासीको सुरक्षाको लागि अपनाईएको सुरक्षा नीति र भिजन गज्जबको रहेको बताउनुभयो ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) रमेश बस्नेतले ठाउँ ठाउँमा प्रहरी बिट स्थापना गरेर सुरक्षा चुनौतिलाई पनि चुनौति दिएको जिकिर गर्नुभयो ।

स्थापना गरिएको प्रहरी बिटमा प्रहरी खटाएर विभिन्न समयमा कडाईका साथ चेकजाँच गरिने बताइएको छ । सीमा पारीबाट ल्याउने समान, मासूजन्य पंक्षी तथा अन्य वस्तुहरुको चेकजाँच कडाईका साथ गरिने जनाइएको छ ।
अवैद्य रक्सी, होहल्ला, चोरी, डकैती जस्ता समाजिक अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम मार्फत यी बिटहरुको स्थापनाले सहजता पुग्ने विश्वास मेयर बरबरियाले गर्नुभयो ।
शहिदनगरमा चर्को साउण्डको डिजे बाजा होरन बन्द गरी चर्चा बटुलेका छन् । अहिले शहिदनगर नगरपालिकाको विभन्नि वडामा विवाह वा विभिन्न कार्यक्रममा हल्का साउण्डमा मात्र बाजागाजा बज्ने गरेको देखिन्छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


किन हुन्छ यस्तो ?

किन हुन्छ यस्तो ?

किन हुन्छ यस्तो ?

किन हुन्छ यस्तो ?
१ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा३३ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक२ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…