जनकपुरः फट्टा प्रहार गरी एक पुरुषको हत्या !
सोही घटनाका आरोपि अमरजीत यादव भने फरार रहेको बताइएको छ ।

२०७६ फागुन १७ शनिबार, बिहान १०:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित एक पुरुषलाई गएराती चिरपटले हानेर हत्या गरेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर टोलमा समान्य झै झगडाको क्रममा भएको विवाद उग्र लिएपछि एक जनाको हत्या भएको हो । हत्या हुनेमा सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने अन्दाजी बर्ष ५१ का सोनेलाल कुलामी रहेको जनाइएको छ ।
शुक्रबार(हिजो) बेलुकी रघुनाथपुरको नहरचोक स्थित रहेको कलभर्टमा कुलामीलाई बाँस र काठको चिरपटले हानेर हत्या गरेको हो । चिरपटको चोटले गम्भिर घाईते भएका कुलामीलाई उपचारको लागि जनकपुर ल्याउँदा ल्याउँदै बाटोमै मृत्यू भएको जनाइएको छ ।
नहरचोकमा कलभर्टमा बसेका केही युवकहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवकहरुले किन यस्तो अपब्द बोलेको भनेपछि उनीहरुले –“यो हामीहरु होईन, दारु बोलिरहेको छ ।” भनेर भनेपछि साधारण भनाभन भएको थियो ।
अपशब्द बोल्ने युवकहरुसँग स्थानीयहरुको भनाभनपछि युवकहरु भाग्दै अहिले सिध्यादिन्छु भन्दै गए । केही बेरमा ७ जनाको समूहमा आएका ती युवकहरु स्थानीयहरु उपर प्रहार गरेको बताइन्छ ।
एउटा मोटरसाईकलमा ४ जना र अर्कोमा ३ जना सबार सहित बाँस र काठको चिरपट, लाठी सहित उनीहरु आएका थिए ।
स्थानीय युवाहरुलाई कुटपिट गर्दै जाँदा त्यतिकैमा मृतक सोनेलाल कुलामीले –“किन झगडा गरेको भाईहरु” भनेपछि कुलामी उपर नै प्रहार गरेको जनाइएको छ ।
टाउकोमा गम्भिर प्रहारबाट सख्त घाईते कुलामीलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोही आरोपमा प्रहरीले ५ जना लाई पक्राउ गरेको छ भने अझ एक जना फरार रहेको जनाइएको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका वडा नं. १ बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव, र सबैला वडा नं. ४ बस्ने मनु यादव रहेका छन् ।
सोही घटनाका आरोपि अमरजीत यादव भने फरार रहेको बताइएको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले केही बेरमा पत्रकार सम्मेलन गरी घटनाको पूर्ण जानकारी दिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…