रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन
पाँचथर, २० मंसिर : पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो । रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुल

२०७४ मंसिर २० बुधबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

पाँचथर, २० मंसिर : पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो ।
रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुले सांसद विकास कोषबाट दिनुभएको रु १० लाख, फिदिम नगरपालिकाको रु तीन लाख तथा नपुग रकम जिल्ला शाखाको आन्तरिक स्रोत र ऋण सापटी गरी शववाहन ल्याइएको हो ।
उक्त शववाहन अप्राकृतिक मृत्यु भएको जस्तै आत्महत्या, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिलाई ओसारपसार गर्न मात्रै प्रयोग गरिने रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…