भ्रष्टहरुलाई शिवले संघार गरुन् : विमलेन्द्र निधि
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँगेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले प्रधानमन्धीको कार्यालयलाई सेटिंड लुटिंगको अड्डा बनाएको आरोप लगाएका छन् । धनुषाको नगराईन नगरपालिकास्थित गुंगलीमा शुक्रबार शिव तथा हनुमान मन्दिरको उद्घाटन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् । उनले मन्त्रीबाट सेट

२०७६ फागुन ९ शुक्रबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँगेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले प्रधानमन्धीको कार्यालयलाई सेटिंड लुटिंगको अड्डा बनाएको आरोप लगाएका छन् ।
धनुषाको नगराईन नगरपालिकास्थित गुंगलीमा शुक्रबार शिव तथा हनुमान मन्दिरको उद्घाटन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् । उनले मन्त्रीबाट सेटिंग लुटिंगको कार्य हुनुले वर्तमान सरकार उदांगिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र पारदर्शीताको भजन गाइरहेपनि मन्त्रीहरुको कर्तुतले पोल खोलिदिएको निधिले आरोप लगाए । उनले यस्ता गलत कूकृत्य गर्ने र गराउनेलाई संघार गरुन् भन्दै शिवसँग प्राथना पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…