७० करोड प्रकरणः मन्त्री बाँसकोटा बचाउमा खुल्ला उत्रिन साँसद नविना लामा
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिनुभएको हो ।

२०७६ फागुन ८ बिहीबार, बेलुकी ५:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । ७० करोड रुपैयाँको कमिशन मागेको भनिएको अडियो विभिन्न सँचारमाध्यममा आएपछि सँचारमन्त्री गोकुल बाँसकोटाले राजीनामा दिनुभएको छ ।
सोही क्रममा नेकपाकी साँसद नविना लामाले उनलाई बचाउको लागि खुल्ला रुपमा उत्रेकी हुन् । चारैतिर समाजिक सञ्जालमा सँचारमन्त्री बाँसकोटाको ७० करोड प्रकरणको विरोध भइरहँदा नेकपा सांसद नवीना लामा भने खुला रुपमा उनको बचाउमा उत्रिएकी छिन् ।
लामाले फेसबुकमा एक स्टाटस लेख्दै यो सबै नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज भएको भनेर लेख्नुभएको छ ।
“केवल श्रव्यसामाग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित छ । कसैको पनि चरित्र हत्याको प्रयास गर्ने
कार्य ग्राह्य हुदैन । खाएको बिष मात्रलाग्छ, नखाएको बिष लाग्दैन ।”– उहाँले लेख्नुभएको छ ।
यसका साथै आफ्नो फेसबुक स्टेटसमै– “सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूजिपति, व्यापारिक घराना र अन्तरराष्ट्रीय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो । सत्यतथ्य बाहिर आओस, तबसम्म धैर्य गरौं” भनेर लेख्नुभएको हो ।
उहाँले आफ्नो फेसबुकमा यस्तो स्टेटस हालेपछि विभिन्न टिकाटिप्पणी समेत गरिएको छ । सो क्रममा देबकृष्ण पराजुली लेख्नुहुन्छ : एजेन्ट लाई कमि भयछ कमिसन , आफू मात्र खाने त ? अरबौ खादा त केही भयन जाबो ७० करोड को किन पछि लाग्या होलान् है जनता , हाम्लाई हेपन्नी ?
यस्तै शिरिष कुमार जोशी लेख्नुहुन्छ : कुन दुनियामा बस्नु भएको छ दिदी हजूर प्रबीधिले मानिसको एक सेकण्ड मै दुनियाको कुना कुना पुऱ्याइ सक्यो फोनमा बोलेको बोली उहाँको भन्ने हरेक नेपाली लाई थाहा छ प्रमाण हरेक नेपालीले घर घरमा बसी सुन्दै छैन हातको मोबाइलमा अब कुन हो सरकार विरोधी तत्त्व भनेको हजुरको बिबेकले मूल्यांकन गरोस दिदी हजूर ?
यस्ता विभिन्न टिकाटिप्पणीहरु गरिएको छ । सँचारमन्त्री बाँसकोटा आजै (विहिबार) नैतिकताको आधारमा भ्रष्टाचार छानबिनको लागि राजीनामा दिनुभएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिनुभएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…