आफू नेकपाको हुँ भन्दै धाक देखाएपछि तालाबन्दी !
तालाबन्दी गर्नेमा विभिन्न वडाका वडाध्यक्ष, वडासदस्यहरु समेत रहेका छन् ।

२०७६ फागुन ७ बुधबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहामा एक गाउँपालिकामा उपभोक्ता समितिहरुले तालाबन्दी गरेको छ ।
नगरपालिकाका जनप्रतिनीधिहरुले आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हुँ भन्दै धाक लगाएपछि उपभोक्ता समितिहरुले सँयुक्त रुपमा तालाबन्दी गरेको छ । सिरहाको औरही गाउँपालिकामा उपभोक्ता समितिले तालाबन्दी गरेको हो ।
गत आर्थिक वर्ष २०७५/७६ को भुक्तानी अहिलेसम्म नदिएको भन्दै उनीहरुले नगरपालिकाका जनप्रतिनीधिसँग भुक्तानी माग गरेको थियो । औरही गाउँपालिकामा सर्वदलिय सरकार रहेको भन्दै उपभोक्ता समितिले सबै प्रक्रिया पुरयाएर भुक्तानीको लागि आग्रह गरेको थियो ।
गाउँपालिका अध्यक्ष सिदार्थ दास यादवसँग काम गरेको वापत भुक्तानी गरिदिन माग गरेको थियो । त्यसपछि गाउँपालिका प्रमुख यादवले उपभोक्ता समितिहरुलाई आफू नेकपामा रहेको भन्दै भुक्तानी नदिएपछि पनि कसैले केही गर्न नसक्ने भनेपछि आक्रोसित उपभोक्ता समितिले तालाबन्दी गरेको हो ।
तालाबन्दीपछि गाउँपालिका अध्यक्ष सहित विभिन्न वडाका जनप्रतिनीधिहरुले प्रशासन लगाएर ताला खुलाउन आएपछि उपभोक्ता समितिहरु गाउँपालिका कार्यालयको मुख्य द्धारमै सुतेपछि जनप्रतिनीधिहरु फिर्ता जान बाध्य भएका छन् । उनीहरुले गत आर्थिक वर्षमा काम गरेको वापतको भुक्तानी नदिएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।
तालाबन्दी गर्नेमा विभिन्न वडाका वडाध्यक्ष, वडासदस्यहरु समेत रहेका छन् । वडाध्यक्षहरुले समेत समयमा भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहालाई जानकारी गराएर तालाबन्दी गरेको हो । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…