प्रदेश २ सरकार परिवर्तन हुँदैन : उपेन्द्र यादव
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस नेपाल सुनसरीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भएपनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने दावी गरे । पूर्

२०७६ फागुन ४ आइतबार, राति ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार परिवर्तन नहुने बताएका छन् ।
प्रेस नेपाल सुनसरीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भएपनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने दावी गरे । पूर्वउपप्रधानमन्त्री यादवले राजपासँग आगामी दिनमा दुई पार्टी एकीकरण हुने बताए ।
उनले सबै नेपालीको चाहनाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै विश्वमा संविधान संशोधन भएको इतिहास रहेको उल्लेख गरे । अध्यक्ष यादवले सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने धारणा व्यक्त गरे ।
एक प्रश्नको जवाफमा उनले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको प्रष्ट पारे । अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरु गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…