जनकपुरः अब अस्पतालमै 'ATM'
रकमको लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै एटीएम राखिएको हो । यसबाट समयको बचत हुने भएको छ ।

२०७६ फागुन ३ शनिबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अस्पतालमा आउने विरामीको सुविधालाई मध्यनजर गर्दै जनकपुरको प्रादेशिक अस्पतालमै एटिएम सेवा सुचारु गरिएको छ ।
सेन्चुरी कमर्सियल बैंक जनकपुर शाखाले प्रादेशिक अस्पतालमा एटिएम मेसिन जडान गरहेको हो । शुक्रबार एक कार्यक्रमबीच विरामीको समय र रकम अभावलाई मध्यनजर गर्दै एटीएम सेवा सुचारु गरिएको हो ।
सेञ्चुरी कमर्सियल बैंकका जनकपुर शाखा प्रवन्धक नविन झाको अध्यक्षता तथा सेञ्चुरी बैंकका क्षेत्रीय प्रमुख सौरभ चौधरीको प्रमुख आतिथ्यमा एटीएम सेवाको उदघाटन गरिएको हो ।
उदघाटनका कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख चौधरीले अस्पतालमा आउने विरामी तथा कुरुवाले समयमा रकम अभाव हुँदा औषधी सहित विभिन्न प्रयोजनको लागि रकमको लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै एटीएम राखिएको हो । यसबाट समयको बचत हुने भएको छ ।
बिरामी एवं कुरुवाहरुलाई रकम झिक्न सहज होस् भन्ने उद्देश्यले प्रादेशिक अस्पतालमै एटीएम सेवा सञ्चालनमा ल्याएको सेञ्चुरी बैंकका जनकपुरका प्रबन्धक नविन झाले बताए ।
सोही क्रममा प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिडेन्टेन्ट नागेन्द्र प्रसाद यादवले सेन्चुरी बैंकले गरेको पहलप्रति प्रशंसा व्यक्त गरेका थिए । यसबाट आम नागरिक लाभान्वित हुने विश्वास जनाए ।
सोही क्रममा प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, उद्योग बाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साह लगायत बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…