प्रदेश २ : प्रशासनले ठेकेदारहरुलाई थुन्ने !
नदीजन्य पदार्थको उत्खनन तथा ढुुवानी रोक्न मातहतका प्रहरी युुनिटहरुलाई निर्देशन दिएका थिए ।

२०७६ फागुन १ बिहीबार, बिहान १०:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गैर कानुनी रुपमा नदीजन्य वस्तुहरु उठाउने ठेकेदारहरुलाई थुन्ने रौतहट प्रशासनले चेतावनी दिएको छ ।
रौतहटको पश्चिमीभेग स्थित लालबकैया नदी बाट नदीजन्य पदार्थ नउठाउन सँयुक्त अनुुगमन टोलीले कडा निर्देशन दिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेको नेतृत्वमा गएको संयुुक्त अनुगमन टोलीले स्थगलत अनुुगमन निरिक्षण पश्चात लालबकैया नदी बाट नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो ।
स्थानिय फतुवा बिजयपुर र गुजरा नगरपालिका अन्तरगत लालबकैया नदीको सबै घाट बाट अर्को आदेश नआए सम्म तत्काल गिटी,बोल्डर,बालुवा,मिक्सग्रेभल न उठाउन सिडिओ घिमिरेले ठेकदार नागेन्द्र साहलाई बुधवार हिजो साँझ निर्देशन दिएका छन ।
सिडिओ घिमिरेको निर्देशन लगतै अनुुगमनमा रहेका नेपाल प्रहरीका एसपी रबीराज खडका,सशस्त्र प्रहरीका एसपी रबीनराज कर्णजितले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन तथा ढुुवानी रोक्न मातहतका प्रहरी युुनिटहरुलाई निर्देशन दिएका थिए ।
गुुजरा र फतुवा बिजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माण सेवाले ठेका लिएको छ । तर, सरकारको निति बिपरित नदीको बिच धारमा ठाँउ ठाँउमा जेसिबी र स्काभेटर प्रयोग गरी ठेकदार नागेन्द्र साहले पोखरीको स्वरुप ठुला ठुुला खाडल बनाएको पाईएपछी सिडिओ बाशुदेव घिमिरेले नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएका हुन ।
नेपाल सरकारले तोकेको नितिमा नदीको छेउमा बढीमा दुुईमिटर सम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने ब्यवस्था गरेको छ । तर, ठेकदार नागेन्द्र साहले लालबकैया नदीको बोटवा,गर्जा, पशुपतीछेउको घाट लगायत दर्जन बढी स्थानमा जेसिबी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बिच बिचमा ठुुलो ठुुलो पोखरी जस्तो खाडल बनाएको छ ।
ठेकदार साहले दैनिक सयौ ट्याक्टर र दर्जनौ टिपर मार्फत लालबकैया नदीको दोहन गरीरहेका छन । अनुुगमनको क्रममा ब्यक्तीगत फाईदाका लागी लालबकैया नदीको दोहनमा लागेका ठेकदार साहलाई दोहन नरोमा थुुनामा राखेर कार्यवाही समेतको चेतावनी दिईएको छ ।
लालबकैया नदी बाट बोल्डर,गिटी,ग्रेभल,बालुवा निकालेर दर्जनौ ठेकदारले जिल्लाको छुुटा छुटै स्थानमा ठुुलो मात्रामा भण्डारण गरेको देखिएको छ । बिभिन्न निर्माणकार्यमा लाग्ने स्टिमेट अनुुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने ब्यवस्था बिपरित ठेकदार तथा क्रेसर उधोगीले अनाधिकृत रुपमा नदीजन्य पदार्थको भण्डारण गरेको अनुुगमनमा पाईएको छ ।
नदीको अवस्था र ठेकदारको गतिबिधी बारे स्थानियतहले निगरानी गर्नुुपर्ने ब्यवस्था रहेको छ । तर गुुजरा र फतुवा बिजयपुर नगरपालिकाका जनप्रतिनिधीले लालबकैया नदीको अवस्था प्रति उदासीन रहेकाले लालबकैया नदीको दोहन बढेको संयुुक्त अनुुगमनटोलीको निस्कर्ष रहेको छ ।
अनुुगमन टोलीले लालबकैया नदीको बिभिन्न घाटहरुको अनुगमनका साथै बौधीमाई नगरपालिका, फतुवा बिजयपुर, गुजरा लगायतका स्थानिय तहमा सञ्चालित क्रसर उधोगको स्थलगत अनुुगमन निरिक्षण गरेको थियो ।
टोलीमा सिडिओ बाशुुदेव घिमिरे,जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव, ईन्द्रबक्स गणका कर्णेल सामन्तध्वज खाँड, नेपाल प्रहरीका एसपी रबीराज खडका, एसपी रबीनराज कर्णजित,घरेलुु तथा सानाउधोग कार्यालय प्रतिनिधी प्रमोद बर्मा,नगरपालिकाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…