मुस्लिम महिलाको समृद्धिको लागि माण्डवीको अटोरिक्सा
अटो रिक्शा चालकको रुपमा महिलालाइ देखेपछि अन्य समुदायका महिलाहरुमा उत्सुकता जागृत हुने

२०७६ माघ २७ सोमबार, बेलुकी ६:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटकी मुस्लिम समुदायकी महिलाहरुको आर्थिक समृद्धिलाई मध्यनजर गर्दै समाजिक एवम् धार्मिक सँस्था माण्डवीले अटोरिक्सा प्रदान गरेको छ ।
पेनि नेपालको आर्थिक सहयोग तथा माण्डवीको आयोजनामा रौतहटको गौर नगरपालिका वडा नं. ६ की मुस्लिम महिलाहरुलाई अटोरिक्सा वितरण गरिएको हो ।
गौर नगरपालिकाका मेयर अजय गुप्ताको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रमका बिच सबगढा टोलकी स्थानीय महिलाहरुलाई आर्थिक अवस्था सुधार लगायत घर परिवारको समृद्धिको लागि आयआर्जन हेतु माण्डवीले अटोरिक्सा प्रदान गरेको हो ।
अटो रिक्सा हस्तानांतरण गर्दै गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले मुस्लिम महिलाहरुको विकासको लागि क्रन्तिकारी शुरुवात भएको बताए। मेयर गुप्ताले मधेशमा महिलाहरुलाई घरबाट बाहिर निकले बातावरण नरहेको अवस्थामा अटो रिक्शा चलाउने कुरा धेरै चुनौती रहेता मान्डबीले थालेको प्रयास सराहनीय रहेको बताए।
अटो रिक्शा चालकको रुपमा महिलालाइ देखेपछि अन्य समुदायका महिलाहरुमा उत्सुकता जागृत हुने विश्वास व्यक्त गरे । मेयर गुप्ताले मेहनत गरी गरेको आय शिक्षा र स्वास्थ्यमा लगनी गर्न सुझाव दिएका छन ।
उनले प्रत्येक महिलालाइ प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने घोषण समेत गरे। प्रमुख प्रसाशकीय अधिकृत सुमन कुमार कार्कीले मुस्लिम महिलाको लागि खुशीको कुरो रहेको बताए ।
उनले आत्म निर्भर हुने अभ्यास सराहनीय रहेको बताउँदै कार्कीले सामाजिक रुपमा कमजोर भएको महिलाको सशक्तिकरणको कार्यक्रम माण्डवीले ल्याएर अति राम्रो कार्य गरेको बताए ।
कार्यक्रममा वड़ा अध्यक्ष शेष जमशैदले मुस्लिम समुदायका विकास धेरै चुनौती रहेको बताए । आफ्नो वड़ामा बढ़ी मुस्लिमको जनसँख्या भए पनि शिक्षाको अवस्था न्यून रहेको देख्दा दुखित भएको प्रतिक्रिया दिए । मुस्लिम महिलाहरुले मान्डबीको प्रयास बाट आयआर्जन गर्न सक्ने देखेकोमा हर्षित भएको बताउँदै शिक्षित भएको देखन पाए अझ खुसी थप्ने उल्लेख गरे ।
माण्डवीकी कार्यकारी निर्देशक अंजू झाले मुस्लिम महिलाहरु आर्थिक सामाजिक रुपमा सशक्तिकरण गर्ने उदेश्यले माण्डवीले मुस्लिम महिलालाइ अटो रिक्सा प्रदान गरेको बताइन । पछाडि परेका मुस्लिम समुदाय को महिलाको आत्मनिर्भर बनाउने उदेश्यले विगत एक बर्ष देखि महिला सशक्तिकरण परियोजना अंतर्गत सिप मूलक तालीम दिदै आएको निर्देशक झाले बताइन ।
१ वर्ष देखि विभिन्न किसिमका सिप मूलक तालीम ,सिलाई कटाई ,व्यूटीशियनको तालीम ,कृषिको तालीम र अटो रिक्शाको तालीम प्रदान गरेको झाले जानकारी गराइन ।झाले ५ जना महिलालाइ चालकको तालीम दिएपनि तीन जना सफलता प्राप्त गरेको बताइन ।
स्थानीय अफरीदा खातून , समीना खातून ,र अवरी खातूनलाइ अटो रिक्शा प्रदान गरिएको छ । उनीहरुले अटो रिक्शा बाट खुशी भएको प्रतिक्रिया दिएका छन । अटो चलाएर घर परिवारको लालनपालन शिक्षा दीक्षामा लगानी गर्ने बताएका छन । कार्यक्रम सन्चाल माण्डवीका बालकृष्ण झाले गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…