सिरहा : खोलामा बेहोस भेटिएका युवकको मृत्यु, एक पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजना युवकको शंकास्पद मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका ३ का तेजनारायण चौधरीको २४ वर्षीय छोरा मिथिलेश चौधरीको मृत्यु भएको हो । बेलुका घरबाट निस्केका मिथिलेश साँझ लहान नजिकैको खुटी खेलामा बेहोस भेटिएका थिए । जीउ भरी माटो र हिलो लागेको अवस्थामा बेहोस भेटिएका चौधरीको

२०७६ माघ २४ शुक्रबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजना युवकको शंकास्पद मृत्यु भएको छ ।
सिरहाको लहान नगरपालिका ३ का तेजनारायण चौधरीको २४ वर्षीय छोरा मिथिलेश चौधरीको मृत्यु भएको हो । बेलुका घरबाट निस्केका मिथिलेश साँझ लहान नजिकैको खुटी खेलामा बेहोस भेटिएका थिए ।
जीउ भरी माटो र हिलो लागेको अवस्थामा बेहोस भेटिएका चौधरीको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । झगड परेर यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि, घटना शंकास्पद देखिएकाले यसबारे अनुसन्धान भइरहेको सिरहाका एसपी उमाप्रसाद चतुवेर्दीले बताए । शव पोष्टमार्टमको लागि लहानमै राखिएको छ ।
यता, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…