नेपालले दियो चीनलाई १ लाख मास्क
चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन् ।

२०७६ माघ २४ शुक्रबार, दिउँसो २:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको महामारीसँग जुघिरहेको चीनलाई नेपालले एक लाख थान मास्क उपलब्ध गराएको हो ।
कोरोना भाइरसले कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ ।
चीनबाहेक हङकङ र फिलिपिन्समा एकरएक जनाको मृत्यु भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन् । बिहीबार मात्रै ७३ जनाको र हुबेई प्रान्तमा मात्रै ६९ जनाको मृत्यु भएको आयोगले जनाएको छ ।
बिहीबार थप ३ हजार १ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सयभन्दा बढी जना उपचारपछि निको भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।
शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिएको र ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…