यसपाली छुटेका सबै विद्यालयले साईकल पाउने : मुख्यमन्त्री राउत
मुख्यमन्त्रीको अभियान बेटी पढाउ, बेटी बचाउ प्रदेशमै लोकप्रिय अभियानको रुपमा लिइएको छ ।

२०७६ माघ २४ शुक्रबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्रीको 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत कुनै पनि विद्यालय नछुटने भएको छ ।
शुक्रबार न्यूज ब्यूरोसँगको जिज्ञासामा मुख्यमन्त्री राउतले यसअघि प्रदेश २ को विभिन्न जिल्लामा १४ हजार साईकल वितरण गरिसकेको बताउँदै यस आर्थिक वर्षमा सबैलाई पुग्ने गरी साईकल झिकाउन लागेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा १४ हजार विभिन्न समुदायिक विद्यालयमा वितरण गरिसकेको बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७६/७७ को लागि छुटेका विद्यालयहरुले केही दिनमै पाउने भएका छन् । “१० हजारको लागि टेन्डर भईसकेको छ र १० हजार साईकलको लागि कागजातहरु पूर्ण पठाइएको छ । लगभग १५-२० दिनपछि साईकल वितरण कार्यक्रम पुनः सुचारु हुनेछ । जे जति छुट भएको छ त्यो सबैले केही दिनमै पाउनेछ । यसमा ढुक्क हुनुस् ।”– उहाँले भन्नुभयो ।
यस आर्थिक वर्षको लागि मुख्यमन्त्री राउत नेतृत्वको सरकारले २० हजार साईकल मगाउने भएको छ । समाजिक सञ्जालहरुमा पार्टीगत हिसाबले मात्र साईकल वितरण गरेको भन्दै टिकाटिप्पणी भईरहेको सन्दर्भमा उहाँले आफ्नो गल्ती लुकाउन विकासको कार्यलाई पनि राजनीतिसँग जोडनु आम कुरा भईसकेको बताउनुभयो ।
समयमा छात्रा साईकलको लागि डकुमेन्ट (कागजात) नबुझाउने विद्यालयहरुले गत समयमा पाउन नसकेको दाबी उहाँले गर्नुभयो । धनुषाको विभिन्न विद्यालयले समयमा कागजात पेश नगरेको कारण साईकल वितरण कार्यक्रम ढिलाई भएको बताउँदै उहाँले ढिलो गरी कागजात पेश गरिएका विद्यालयले पनि फागुन महिनाभित्रै पाउने बताउनुभयो ।
मुख्यमन्त्रीको अभियान बेटी पढाउ, बेटी बचाउ प्रदेशमै लोकप्रिय अभियानको रुपमा लिइएको छ । छोरीलाई कामयाब र समावेशी विकासको लागि शिक्षामा पहुँच बनाउने हेतु मुख्यमन्त्री राउतले सबभन्दा पहिले यही अभियान सँचालन गरेर प्रदेश २ को शिक्षास्तर र शैक्षिक सुचकाँक बढाउने लक्ष्य लिनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…