प्रदेश नं. २ : ठेकेदारहरुले नगरपालिकामा लगाए अनिश्चिताकालिन ताला
नगरपालिका र मिथिला कन्ट्रक्सन बिच कमला खोलाबाट बालुवा तथा ढुंग्गा उठाउनका लागि ६० लाखमा सम्झौता भएको छ ।

२०७६ माघ २३ बिहीबार, दिउँसो ४:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाको एक नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
धनुषाको गणेशमानचारनाथ नगरपालिकामा निर्माण ब्यबसायी तथा ठेक्केदारहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन । नगरपालिकाका मेयर रामबाबु यादव तथा प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको भन्दै तालाबन्दी गरेका हुन ।
सम्झौता भएपनि निर्माण व्यावासीय र ठेकेदारहरुलाई अनाहकमा दुःख दिएको भन्दै उनीहरुले तालाबन्दी गरेको छ । गणेशमान चारनाथ नगरपालिकाका ईन्जिनीयर लखनदेव यादवकै कारण तालाबन्दी भएको ठेकेदारहरुले बताएका छन् । केही दिन पूर्व सार्वजनिक सूचना प्रकाशित गरी समयमा किस्ता बुझाउन ठेकेदारहरुलाई सूचित गरेपछि किस्ता बुझाउन सकिएको थिएनन् ।
गोप्य श्रोतका अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र काफ्ले भ्रमणमा बाहिर रहेको बेला नगरपालिकाका ईन्जिनीयर लखनदेव यादवलाई निमित्त अधिकृतको जिम्मेवारी सुम्पिएको थियो । सोही क्रममा ठेकेदारहरुले त्यतिबेला विना ठेक्काकै बिल काटदै आएका थिए ।

ठेकेदार र यादवबीच प्रत्येक दिन रु. ४० हजार नगरपालिकालाई बुझाउने गरी आन्तरिक सहमति भएपनि ठेकेदारहरुले समयमा किस्ता बुझाउन सकेका थिएनन् । किस्ता समयमा नबुझाएपछि नगरपालिकाले ठेकेदारहरुलाई ताकेता गर्न थालेपछि उनीहरुले निहुँ खोजेर तालाबन्दी गरेको जनाइएको छ ।
नगरपालिका र मिथिला कन्ट्रक्सन बिच कमला खोलाबाट बालुवा तथा ढुंग्गा उठाउनका लागि ६० लाखमा सम्झौता भएको छ । तर, उनीहरुले स्थानीय प्रहरी र नगरपालिकाका जनप्रतिनीधिले समेत अनाहकमा दुःख दिएको भन्दै तालाबन्दी गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ चिसापानी र सिरहाको कर्जन्हा १ स्थित कमला खोलाको बगरमा स्टक गरिएको ढुँगा, बालुवा, जेसिबीद्वारा लोड गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले टिपर जेसिबीसहित ४ जनालाई नियन्त्रणमा लिएपछि ठेकेदारहरु तालाबन्दी गरेको बताइएको छ ।
यता, ठेकेदारहरुले नगरपालिकाको सम्झौता बमोजिम ठेक्का रकम समेत बुझाई सकेकाले काम गर्न नदिए उक्त रकम फिर्ता गर्नु पर्ने माग गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले चार टिपर, एक जेसिबी र तीन टिपरका चालकलाई पक्राउ गरिएको तथा पूर्जीपछि छाडिएको जनाए ।
प्रहरीले बा. २ क २९८७ नम्बरको जेसिबी, ना.२क २८४, ना. २क २७८, भे. १ ख २९३९ र बा. ३ ख ७६०० नम्बरको टिपरसहित चार जनालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि जिल्ला समन्वय समितिमा बुझाएपनि खोला उत्खनन नगरेको भन्दै छाडिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…