रेडियो संगठन ACORAB को जिल्ला समितिमा 'सापकोटा'
उज्यालो अभियान दैनिक र यस उज्यालो अभियान अनलाईन पत्रिकाका सम्पादक समेत हुन् ।

२०७६ माघ २२ बुधबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० सर्लाही जिल्ला समन्वय समितिमा अच्युतकुमार सापकोटा चयन भएका छन् ।
आज बिहान हरिवनमा भएको भेलाले सामुदायिक रेडियो सर्लाही हरिवनका सापकोटालाई संयोजकमा चयन गरेको हो । संयोजक एकजना चयन हुने र जिल्ला स्थित अन्य सामुदायिक रेडियोहरु स्वतः समितिको सदस्य रहने अकोराब प्रदेश सचिव फणि महतले जानकारी दिए ।
संयोजकमा चयन सापकोटा उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका सञ्चालक सदस्य एवं उक्त प्रालिद्वारा सञ्चालित उज्यालो अभियान दैनिक र यस उज्यालो अभियान अनलाईन पत्रिकाका सम्पादक समेत हुन् ।संयोजक सापकोटाले जिल्ला स्थित सामुदायिक रेडियोहरुको हकहितमा समिति क्रियाशिल रहने जानकारी दिए ।
अकोराबका केन्द्रीय उपाध्यक्ष निमेष कर्णको प्रमुख आतिथ्यता एवं महासचिव गोविन्द देवकोटाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अकोराबका प्रदेश सचिव फणी महत, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर, नेपाल पत्रकार महासंघ सर्लाही एवं रेडियो सर्लाहीका संस्थापक अध्यक्ष चूडामणि वाग्ले, रेडियो सर्लाहीका अध्यक्ष भरतकुमार कार्की लगायतको आतिथ्यता रहेको थियो ।
केन्द्रीय उपाध्यक्ष कर्ण र महासचिव देवकोटाले सामुदायिक रेडियोहरुबीच भाईचाराको सम्बन्ध कायम गर्दै हकहितमा काम गर्नका लागि जिल्ला जिल्लामा समन्वय समिति गठन भईरहेको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…