जेनरल हॉस्पिटल एंड ट्रामा सेंटरको निःशूल्क शिविर
शिशु रोग विशेषज्ञ फरेंद्र साह संग डॉक्टरहरुको टीम रहेको थियो ।

२०७६ माघ १९ आइतबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । जेनरल हॉस्पिटल एंड ट्रामा सेंटरको प्राविधिक सहयोगमा आशियान इंटरनेशनल जॉर्नलिस्ट कॉउंसिल र भारत नेपाल सामाजिक संस्कृति मंचको सहयोगमा नरपतगंजको पथरदेवा स्कूलमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।
उक्त स्वास्थ्य शिविरको उद्घाटन पूर्व विधायक देवन्ती यादवले आफ्नो मेडिकल जांच गराएर गरेका थिए। शिविरमा अस्पतालका बिशेषज्ञ चिकित्सहरु द्वारा शिविरमा आएका महिला, पुरुष र बालबालिका हरुको स्वास्थ्य परीक्षण र उचित परामर्श दिएका थिए ।
निशुल्क स्वस्थ्य शिविरमा बाल रोग बिशेषज्ञ डॉक्टर फणीन्द्र साह ,जेनरल फिजिसियन तेज नारयण साहले स्वास्थ्य लाभ लिन आएका सबैको स्वास्थ्य परीक्षण गरि उचित सल्लाह दिएका थिए।
अस्पतालको तर्फ बाट एउटा मेडिकल टीममा मंजू यादव, मोहमद सलीम अस्पतालको प्रबंधक जयप्रकाश रॉय, अस्पतालको डायरेक्टर दीपक रॉय, भारत नेपाल सामजिक संस्कृति मंचको अध्यक्ष राजेश कुमार शर्मा एसएसबीको सपन सरकार र सुरेश चौधरी मध्य विद्यालय पथरदेवाको प्रधानाचार्य अखिलेश कुमार देव संग शिक्षक जियाबुर रहमान, डोमी यादव , स्थानीय गज्जू यादव, दनालाल यादव, संजय यादव लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो।
शिशु रोग विशेषज्ञ फरेंद्र साह संग डॉक्टरहरुको टीम रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…