नेविसंघको निर्णय विरुद्धमा उत्रे विद्यार्थीहरु
समीतीमा ३२ वर्षपारीको उमेर भएको व्यक्तिहरुलाई नेपाली काङ्ग्रेसले ल्याएको निर्णय उपर विरोध जनाएको छ।

२०७६ माघ १६ बिहीबार, राति १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ल्याएको व्यवस्थाप्रति विद्यार्थी नेताहरुले विरोध जनाएको छ ।
नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको व्यक्ति साधारण सदस्य समेत हुन नपाउने व्यवस्था भएपनि विधान मिचेर ल्याएको तदर्थ समिति कुनै पनि बहानामा मान्य हुन नदिने विद्यार्थीहरुले चेतावनी दिएको छ ।
सोहीको विरोधमा नेविसंघका नेता एवम् ईन्जिनियरिँग जगतका प्रभावशाली नेता मानिएको ई. नवराज त्रिपाठीले सुरु गर्नुभएको आमरण अनशन प्रती नेविसंघ महोत्तरीले पुर्ण समर्थन जनाएको छ ।
नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको मान्छे नेविसंघको साधारण सदस्य हुन नपाइने स्पष्ट ब्यवश्था भएकोमा पार्टिले ९ जना महामन्त्री राखेर विधान मिचेर ल्याउन लागेको तदर्थ समिति कुनै पनि बहानामा मान्य नहुने बताइएको छ ।
आमरण अनशनमा बसेका नवराज त्रिपाठीको स्वास्थ्य लाभको कामना सहित बिधान अनुरुप समिती बनाइ तुरुन्त आमरण अनशन तोडाउन पार्टीलाई नेविसंघ महोत्तरीले ध्यानाकर्षण गराएको हो ।
आमरण अनशनमा बसेका त्रिपाठीको समर्थनमा विहिबार (आज ) नेविसंघ महोत्तरीले पार्टी कार्यलय जलेश्वर महोत्तरीमा १ घण्टे धर्ना दिदै नेविसंघको तदर्थ समीतीमा ३२ वर्षपारीको उमेर भएको व्यक्तिहरुलाई नेपाली काङ्ग्रेसले ल्याएको निर्णय उपर विरोध जनाएको छ।
नेविसंघको नेता आशुतोष झा (नवीन) को अध्यक्षतामा गरिएको विरोध कार्यक्रममा विभिन्न क्याम्पस ईकाई समीतीको ईकाई सभापति , नगर सभापति लगायतको नेविसंघ महोत्तरी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…