सरस्वतिकी मूर्ति सजाउन व्यस्त मूर्तिकार
१००० देखि सुरु भई ५० हजारसम्मको मूर्ति पनि निर्माण मूर्तिकारहरुले गर्ने गरेको छ ।
२०७६ माघ १४ मंगलबार, बिहान १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरस्वती पूजाको लागि सबैला नगरपालिकामा मूर्तिकार यति बेला मूर्ति सजाउन बनाउन व्यस्त भएका छन् ।
यस वर्ष माघ १६ गते सरस्वती पूजाको श्री पंचमि तिथि अनुसार मनाउने भएको छ । पूजाको २ दिन मात्र बाँकी छँदा मूर्तिकारहरु मूर्तिलाई सजाउन व्यस्त देखिएका छन् ।
“ग्राहकको अर्डरअनुसार हामी मुर्ति बनाउन र उनकै अडर अनुसार सजाएर दिन्छौं । सबैला नगरपालिका वाडा नम्बर ५ मखनाहा का निवासी कलाकार कारि कापर भन्छन, ‘अहिले प्रारम्भिक काम हुँदैछ । मूर्ति तयार हुन अझ १ दिन लाग्छ ।
प्रचारप्रसारका लागि केही मूर्ति तयार पार्न लागिएको उनले बताए । ‘भाग्य ठीक भए भने आम्दानी भइहाल्छ तर ठेगान हुँदैन कहिले घरबाट पैसा घाटा पनि लाग्ने गरेको छ । सबै मूर्ति बिक्री नभए लगानी पनि व्यर्थै जान सक्छ ।त्य्सैले हामी मुर्ति अडर लिएर बनाउने गर्छु ।” – उनले भने ।
जनकपुर सहित तराई मधेशको सबै जिल्लाहरुमा विद्यालय सहित घरमा समेत सरस्वतिको प्रतिमा राखेर पूजाआजा गर्ने गरिन्छ । एउटा मूतिको मूल्य १००० देखि सुरु भई ५० हजारसम्मको मूर्ति पनि निर्माण मूर्तिकारहरुले गर्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…