नेपाल यादव सेवा समितिको भवन द्रुत गतिमा बन्दै, सहयोगको अपिल
न्यूज ब्यूरो, काठमाडौं । नेपालका यादव समुदायको छाता संगठन नेपाल यादव सेवा समितिद्धारा निर्माण भइरहेको राधाकृष्ण अतिथि सदनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । नेपाल यादव सेवा समितिको केन्द्रीय कार्यालयको लागि निर्माणधिन उक्त भवन दाताहरुकै आर्थिक सहयोगमा निर्माण भइरहेको छ । भवन निर्माणको लागि आर्थ

२०७६ माघ १२ आइतबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालका यादव समुदायको छाता संगठन नेपाल यादव सेवा समितिद्धारा निर्माण भइरहेको राधाकृष्ण अतिथि सदनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।
नेपाल यादव सेवा समितिको केन्द्रीय कार्यालयको लागि निर्माणधिन उक्त भवन दाताहरुकै आर्थिक सहयोगमा निर्माण भइरहेको छ । भवन निर्माणको लागि आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै समितिले यादुवंशी समुदायलाई सहयोगको लागि अपिल गरेको छ ।
समितिको शनिबार बसेको बैठकले भवन निर्माणमा सघाउन नेपालका विभिन्न स्थानमा रहेका यादव समुदायलाई अपिल गर्ने निर्णय गरेको हो । उक्त अत्याधिनुक भवनको निर्माणको काम ३ वर्षभित्र सकाउने गरी कार्य भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार : काठमाडौंमा नेपाल यादव सेवा समितिको बन्दैछ यस्तो अत्याधुनिक भवन
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…