काठमाडौंमा नेपाल यादव सेवा समितिको बन्दैछ यस्तो अत्याधुनिक भवन
भवन निर्माण कार्यमा सहयोग गर्न इच्छुकलाई समितिले आह्वानसमेत गरेको छ ।

२०७६ मंसिर २३ सोमबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल यादव सेवा समितिले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।
समितिले संघीय राजधानी काठमाडौंमा राधाकृष्ण अतिथि सदन नाम दिइएको अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । यदुवंशी समुदायका दाताहरुकै आर्थिक सहयोगमा जग्गा खरिद गरेर भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेकोे समितिले जनाएको छ ।
भवन निर्माण कार्यमा सहयोग गर्न इच्छुकलाई समितिले आह्वानसमेत गरेको छ । निर्माण हुने भवनमा एउटा कोठा बनाउन चाहनेले पाँच लाख रुपैयाँ सहयोग गर्नुपर्ने तय गरिएको छ । उक्त कोठामा दाताको नाम र तस्वीर राखिनेछ ।
त्यसबाहेक भवन निर्माणमा ५० हजार रुपैयाँ वा सो भन्दाबढी सहयोग गर्ने दाताको नाम भवनको शिलालेखमा राखिनेछ भने सो भन्दा कम सहयोग गर्ने दाताको नाम कार्यालयको रेकर्डमा राखिने समितिले जनाएको छ । भवन निर्माणको लागि जग्गासमेत दाताहरुकै आर्थिक सहयोगमा खरिद गरिएको समितिका केन्द्रीय सदस्य शैलेन्द्र यादवले जानकारी दिए ।
जग्गा खरिदमा सहयोग गरेका दाताहरुको नाम भवनको शिलालेखमा राखिनेछ । मंसिर २५ गतेबाट निर्माण कार्य सुरु हुन लागेको भवनको ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य समितिको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…