प्रदेश २ : सबै धर्मका कूल देवताको मूर्ति एकै ठाउँमा बन्दै
महतोका अनुसार, कुल देवता धाम निर्माण, संरक्षण तथा प्रवर्दन एक हो ।

२०७६ माघ १२ आइतबार, बिहान ९:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सबै धर्मको कुल देवताहरुको मूर्ति (प्रतिमा) निर्माण सहितको कुल देवता धाम बनाउने उदघोष गरिएको छ ।
नेपाल–भारत लगायत अन्य मुलुकमा बसोबास गर्ने सबै वर्ग, धर्म, समुदाय र जातीका कुल देवताको प्रतिमा र मन्दिर सहितको कुल देवता धाम निर्माण, संरक्षण र प्रवर्दन अभियानको घोषणा गरिएको हो ।
समाजिक सँस्था भोरले पहिलो दसक २००९ – २०१९ पुरा गरी दोश्रो दसक २०२० – २०३० शुरु गरेको अवसरमा तीन नयां अभियान अगाडी सारेको भोरका अध्यक्ष राज कुमार महतोले जानकारी दिनुभयो ।
महतोका अनुसार, कुल देवता धाम निर्माण, संरक्षण तथा प्रवर्दन एक हो । प्रदेश २, सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिकामा अवस्थित नाढी ताल नजिकै करिब ५ विघा जग्गामा उक्त कुल देवता धाम निर्माण गर्ने अभियानको विधिवत उदघोष गरिएको हो ।
नेपाल पत्रकार महासंघ, धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा उक्त अभियानको घोषणा गरिएको हो । सबै वर्ग, धर्म, समुदाय र जातीका पुस्तौ पुस्ता देखि पुजन गर्दै आएका आ–आफनो कुल देवताहरुको एकै स्थानमा मुर्ति र मन्दिर सहितको कुल देवता धाम निमार्णले प्रदेश २ मा एउटा नविन, अदभुत र अतुलनिय पर्यटक स्थलको स्थापना हुने विश्वास गरिएको छ ।
धार्मिक सहिष्णुता, जातिय सद्भाव, सामाजिक एकता वृद्धिमा उल्लेखनिय योगदान गर्ने अपेक्षा गरिएको उक्त कुल देवता धाम निर्माण निकै प्रसंशनीय पहल रहेको नेपाल पत्रकार महासंघ, धनुषाको अध्यक्ष अनिल मिश्रले बताउनुभयो ।
हिन्दु मुस्लिम हिन्दु तथा अन्य धर्मका धार्मिक मुर्ति र मन्दिर एकै स्थानमा बनाउने कुल देवता धामले समाजमा विध्यमान नकारात्मक सोच र मानसिकतालाई सकारात्मक दिशा तर्फ लाने विश्वास अब्दुल अजिजले दावी गर्नुभयो ।
संस्कृति विद् तथा बरिष्ठ साहित्यकार डा. राम भरोस कापरिले यस कुल देवता धाम निर्माणको क्रममा गहन तथा बृहत छलफल तथा परामर्श गर्नु पर्ने वक्तव्य दिदै कोषे ढुगां सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
अभियान घोषणा समारोहमा कलाकार माया पौडेल, मुस्लिम समुदायको तर्फबाट अब्दुल अजिज, धामी राम नारायण साहको विषेश उपस्थितीमा जनकपुरधाम अवस्थित विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागीतामा उक्त अभियान घोषणा गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…