हामीले अहिले पनि 'जनमत सँग्रह' को पुरानो मुद्दा छाडेका छैनौ : डा. सिके राउत
उहाँले यस्ता दलालहरुको पछाडी नपरी भ्रमबाट बाहिर निस्कन आम नागरिकमा आग्रह गर्नुभयो ।

२०७६ माघ १२ आइतबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी मूलधारको राजनीतिमा गएपनि पुरानो मुद्दा विस्थापित नगरेको बताउनुएको छ ।
शनिबार जनकपुरको बाह्रविघा (रँगभूमि मैदान) बाट दहाडदै डा. राउतले जनमत पार्टी पुरानो मुद्दा जनमत सँग्रह लाई यथावत राखेको जिकिर गर्नुभयो । उहाँले सरकारसँग गरिएको सहमति मधेशको हितमा र आफ्नो मुद्दामै कायम र अडिग रहेको दाबी गर्नुभयो ।
“हामीले सधैंदेखि नै जनमत संग्रहको लागि माग उठाउँदै आएका छौं, पछिल्लो मागलाई अझै विस्थापित गरेका छैनौ, मधेसिया दलाल पार्टी जस्तो लेनदेन गरेर सरकारसँग सम्झौता गरेका होईनौ, खुल्ला मँचमा भिडियो लाईभ गरेर सम्झौता जनताको सामुन्ने गरेका हौ र जनमत सँग्रह हुन्छ, हाम्रो माग यथावत छ । मागको तरिका मात्र फरक भएको छ ।” उहाँले भन्नभयो ।
आफूलाई मधेशी दलका राजनीति पार्टीका नेताहरु भनाउनेहरु एक्सपायर औषधी जस्तै भएको बताउँदै उहाँले कुन र कति बेला रिएक्सन गर्न सक्ने भन्दै अझै विश्वास नगर्न आम सभाबाटै आग्रह जनतामा गर्नुभएको थियो । उहाँले मधेशका दलाल पार्टीहरुले चुनावकै बेला केपी ओली (सम्मानीय प्रधानमन्त्री)का पार्टीलाई भोट नदिने भन्दै प्रचार गर्दागर्दै सबै मत ओलीलाई सुम्पेको आरोप लगाउनुभयो ।
मधेशमा भ्रष्टाचार र राजनीतिको सही अभ्यासको लागि जनमत पार्टी मात्र उभिने बताउँदै उहाँले वर्तमान समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राई समेत पूर्व एमाले रहेको प्रष्टाउनुभयो । उहाँले यस्ता दलालहरुको पछाडी नपरी भ्रमबाट बाहिर निस्कन आम नागरिकमा आग्रह गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…