नेकपा-राजपा गठबन्धनलाई निरन्तरता दिनुपर्छ : प्रभु साह
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रियसभा चुनावमा नेकपा र राजपा बीचको गठबन्धन मधेशी जनताबाट अनुमोदन भएको दाबी गर्दै उनले एक वक्तव्य मार्फत् यस्तो बताएका हुन् ।

२०७६ माघ १० शुक्रबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा चुनावमा नेकपा र राजपा बीचको गठबन्धन मधेशी जनताबाट अनुमोदन भएको दाबी गर्दै उनले एक वक्तव्य मार्फत् यस्तो बताएका हुन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपा गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।
गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । साहले यसलाई गठबन्धन अनुमोदनका रूपमा व्याख्या गर्दै निरन्तरता दिनुपर्ने बताए । राष्ट्रियसभा चुनावमा गठबन्धनको भोटभन्दा दोब्बर मतले जित निकाल्नु भनेको गठबन्धन सही भएको र यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो भन्ने बुझ्न जरुरी रहेको उनको भनाई छ ।
नेकपा र राजपामात्र नभई अन्य दलले पनि नेकपा राजपासँग मिल्ने निर्णयलाई समर्थन गरेको जिकिर गर्दै अध्यक्ष साहले राष्ट्रियसभा निर्वाचनले गठबन्धनको औचित्यको थप पुष्टि गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…