जेठी श्रीमति भएपनि नाबालिकसँग बिहे गर्दागर्दै प्रहरी पुगेपछि...
उनको बुवा तथा बेहुला कलवारले फकाई फुलाई गरी बिवाह गर्न बाध्य बनाएको जनाईएको छ ।

२०७६ माघ १० शुक्रबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नो श्रीमति हुँदाहुँदै अर्की नाबालिका सँग विहे गर्ने क्रममा प्रहरीले बेहुला सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रदेश नं. २ को बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ गढीमाई मन्दिरको प्राङ्गणमा बाल विवाह भईरहेको भन्ने सुचनाको आधारमा खटिएका प्रहरी टोलीले तत्काल विवाह रोकेको हो ।
प्रहरी मन्दिर परिसरमा पुगेर हेर्दा सोही नगरपालिकाको वडा नं. ८ धर्मपुर टोल बस्ने बर्ष ३० को गणेश साह कलवारले आफ्नो घरमा जेठी श्रीमती हुँदा हुदै एक १६ बर्षिय नाबालिकासँग विहे गर्ने क्रममा पक्राउ परेका हुन् ।
नाबालिकासँग विवाह गर्न लागेको अवस्थामा बेहुला बनी विवाह गर्न लागेका कलवार सहित बालिका, उनकी बुवालाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार, नाबालिकालाई उनको बुवा तथा बेहुला कलवारले फकाई फुलाई गरी बिवाह गर्न बाध्य बनाएको जनाईएको छ ।
कलवारको जेठी श्रीमती समेतले आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा दिएको जाहेरी दरखास्तको आधारमा जिल्ला अदालत बाराबाट बालबिवाह तथा बाल बिवाह उद्योग मुद्दामा ५ दिन म्याद अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…