१४ किलो बढी गाँजा सहित २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । लागु औषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा जिल्लाको धनगढीमाई नरपालिका वडा नं. ९ स्थितबाट दुई जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २९ को सुनिल कुमार पासवान र धनगढिमाई नगरपालिका वडा नं. ८

२०७६ माघ १० शुक्रबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लागु औषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहा जिल्लाको धनगढीमाई नरपालिका वडा नं. ९ स्थितबाट दुई जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २९ को सुनिल कुमार पासवान र धनगढिमाई नगरपालिका वडा नं. ८ बस्ने बर्ष २४ को महेन्द्र साह रहेका छन् ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहावाट खटिएको सादा पोशाकको टोलीले स.७ प. १२८२ नम्बर को मोटरसाकल लाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याईरहेको अबस्थामा १४.५ किलो लागूऔषध (गाँजा) सहित पक्राउ गरिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…