प्रदेश २ अपडेटः दलितबाट पनि नेकपाका राधेश्याम पासवान विजयी !
यसअघि पनि नेकपाकै तर्फबाट तुलसा दाहाल विजयी प्रारम्भ गरेकी हुन् ।

२०७६ माघ ९ बिहीबार, बेलुकी ५:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा ४ सिटको लागि सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा दलित कोटाबाट पनि नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् ।
प्रदेश नं. २ को लागि दलित एक पदका लागि भएको चुनावमा नेकपा–राजपाको गठबन्धनको तर्फबाट नेकपाबाट राधेश्याम पासवानले उम्मेदवारी दिएका थिए भने समाजवादी पार्टीको तर्फबाट रामपृत पासवानले उम्मेदवारी दिएका थिए ।
खसेको कूल मतभारमध्ये राधेश्याम पासवानले ६३६ बढी मत ल्याएर विजयी भएको हो । उनले कूल ५२९२ मतभार हाँसिल गरेका छन् भने समाजवादीका रामपृत पासवान भने ४६५६ मत प्राप्त गरी पराजित भएका हुन् ।
यसअघि पनि नेकपाकै तर्फबाट तुलसा दाहाल विजयी प्रारम्भ गरेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…