धनुषाः आपत्ति जनक अवस्थामा लजबाट २ जना पक्राउ
गत पुस २७ गते समेत धनुषाको महेन्द्रनगर स्थित सुविधा गेष्ट हाउसबाट एक अवैद्य जोडीलाई महेन्द्रनगर प्रहरीले पक्राउ गरेको थियो ।

२०७६ माघ ७ मंगलबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले अनैतिक सम्बन्ध राखिरहेको बेला दुई जनालाई पक्राउ गरेको छ ।
महेन्द्रनगरबाट प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) पप्पु नायकको नेतृत्वमा गएको प्रहरी टोलीले धनुषाको सपहीबाट दुवै जनालाई पक्राउ गरेको हो । धनुषाको लक्षमिनिया गाउँपालिका वडा नं. ४ सपही स्थित मेन रोडमा सँचालनमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट १ जना महिला र १ जना पुरुष आपत्तीजनक अवस्थामा अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा पक्राउ गरिएको हो ।
यो पनि पढनुहोस् : धनुषाः महिलालाई जबरदस्ती यौन व्यावसायमा लगाउने चौधरी पक्राउ !
गत पुस २७ गते समेत धनुषाको महेन्द्रनगर स्थित सुविधा गेष्ट हाउसबाट एक अवैद्य जोडीलाई महेन्द्रनगर प्रहरीले पक्राउ गरेको थियो । महिलाहरुलाई प्रलोभनमा पारी लज, होटलहरुमा यौन व्यवसायमा लगाउने गरेको पाइएको छ ।
महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने उक्त अमरज्योति लज एण्ड गेष्ट हाउसको सन्चालक भने फरार रहेका छन् । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाईने ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…