ONEREX सहित १ जना पक्राउ
प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२०७६ माघ ७ मंगलबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले एक युवकको मोटरसाईकल टयाँकीबाट लागू औषध अनरेक्स फेला पारेको छ ।
बिशेष सुराकी को आधारमा सोमबार अपरान्ह करिब ५ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमरा तथा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप महानगरपालिका वडा नं. २१ स्थित अम्लेखगंजबाट एक लागू औषध सहित पक्राउ गरेको हो ।
त्यहाँ स्थित रहेको नेपाल आयल निगम अगाडी रोकी राखेको ना. ४ ख.५५९० नम्बरको ट्याङकी गाडीमा चेकजाँच गर्ने क्रममा ट्याङकी गाडीको तेलहरू निकाल्ने दाहिने पट्टी रहेको गेटभल भित्र पलाष्टिकमा हाली लुकाई छिपाई राखेको लागु औषध १० बोतल फेला पारी बरामद गरेको हो ।
यसैक्रममा ट्याङकी चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ५ बस्ने बर्ष ३३ को राजिव बम्जनलाई पक्राउ गरीएको हो । बम्जन उपर लागु औषध मुद्धामा बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…