सुखिपुरमा प्रथम नगरस्तरीय खिचडी महोत्सव
न्यूज ब्यूरो, लहान । सिरहाको सुखिपुरमा प्रथम नगर स्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ । माघे संंक्रान्तिलाई मध्यनजर गर्दै आफनो कला संस्कृति लोप हुन गईरहेको र सो लाई झल्काउने उदेश्य सहित खिचडी महोत्सव सम्पन्न भएको हो । प्रदेश नं. २ का प्रदेश सभा सांसद मदन श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्

२०७६ माघ २ बिहीबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, लहान । सिरहाको सुखिपुरमा प्रथम नगर स्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ ।
माघे संंक्रान्तिलाई मध्यनजर गर्दै आफनो कला संस्कृति लोप हुन गईरहेको र सो लाई झल्काउने उदेश्य सहित खिचडी महोत्सव सम्पन्न भएको हो । प्रदेश नं. २ का प्रदेश सभा सांसद मदन श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम खिचडी महोत्सव मनाइएको हो ।
सो कार्यक्रममा विशिष्ट अतिथिहरुको रुपमा प्रदेश सांसद नरेश कुमार यादव र सुनिता राम सहभागीता जनाएको जनाइएको छ । “प्रकृती बचाऊ – सस्कृती बचाऊ” भन्ने मूलनाराका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । सो खिचडी महोत्सवमा सयौंको संख्यामा सहभागी सम्पुर्णलाई भोजनको रुपमा खिचडी खुवाईएको थियो । कार्यक्रममा आफनो कला प्रदर्शन गर्ने सबै कलाकार तथा सहयोगीलाई कदर पत्रले सम्मान गरेको थियो ।

महोत्सव, मिथिला चित्रकला, थारु झाकी, महिलाहरु आ–आफनो जातिको पोसाक र पुरुषहरु धोती, कुर्ता र माथमा पगरी बाधेर सुखीपुर नगर परिक्रमा गरेको थियो । अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने महोत्सवको उदेश्य रहेको आज स्थानीय तथा राष्ट्रिय कलाकारहरु कला प्रदर्शन गराई महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादवले बताउनुभयो ।
नगर सुधार समिति सुखिपुरद्धारा आयोजित कार्यक्रमको संयोजक वि पि भुवन यादवले गरेको विजय साह सुडिले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…