धनुषाको अग्नि पीडितलाई धनुषा सेवा समाजको सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । केही दिन अघि धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विघामा आगलगी हुँदा घर जलेर नष्ट भएका आगो पीडितलाई धनुषा सेवा समाजले सहयोगी भावना प्रकट गरेको छ । स्थानीय रामनारायण महरा र दिलिप महराको घरमा आगलगी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएपछि धनुषा सेवा समाजले खाद्यान्न समाग्री स

२०७६ पुस २७ आइतबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केही दिन अघि धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विघामा आगलगी हुँदा घर जलेर नष्ट भएका आगो पीडितलाई धनुषा सेवा समाजले सहयोगी भावना प्रकट गरेको छ ।
स्थानीय रामनारायण महरा र दिलिप महराको घरमा आगलगी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएपछि धनुषा सेवा समाजले खाद्यान्न समाग्री सहयोग गरेको छ । घर भित्र भएका चार वटा खसी , साइकल , लुगा र सम्पुर्ण अन्नाज जलेर नष्ट भएको अवस्थामा जीवन यापन सहजको लागि उनलाई खाद्यान्न समाग्री प्रदान गरिएको हो ।
अग्निपीडितलाई धनुषा सेवा समाज दोहा कतारबाट सहयोग गरिएको छ । महराद्धयको लागि चामल ५० किलो, दाल १० किलो, खाने तेल १० किलो, नुहाउने साबुन १ दर्जन, कपडा धुने साबुन १ दर्जन, बच्चाहरुको लागि न्यानो ज्याकेट, पैन्ट र स्वेटर, त्रिपाल २ पिस, सर्फ पाउडर ६ किलो सहयोग गरिएको हो ।
धनुषा सेवा समाज दोहा कतारका महासचिव देवेन्द्र कुमार ठाकुरको सहयोगमा महराका परिवारलाई धनुषा सेवा समाजका अध्यक्ष जमिर नदाफ , त्यसै गरी धनुषा सेवा समाज नेपालका अध्यक्ष हरी महतो र हेल्प मधेशी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादव र जगदीश ठाकुर तथा धनुषा सेवा समाज र धनुषाका सदस्यहरूको उपस्थितमा पिडित परिवारलाई खाद्यान्न सामाग्रीहरू वितरण गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…