जनकपुरका मेयर र दिलीप हत्याराको विरुद्धमा 'यान' को प्रर्दशन
यान अध्यक्ष राहुलराज यादव भन्छन, “दोषीलाई कडा भन्दा कडा कारवाही नगरे हामी आन्दोलन गर्न बाध्य हुनेछौँ।

२०७६ पुस २६ शनिबार, राति १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रको चौथो अँग मानिएको पत्रकार उपर जनकपुरधाम उपहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नो कार्यकक्षमै पत्रकारहरु उपर हातपात गराएको भन्दै मेयर साहको विरुद्धमा प्रदर्शन गरिएको छ ।
जनकपुरको रामानन्दचोकमा युथ एशोसिएशन अफ नेपाल (यान) को अगुवाईमा प्रदर्शन गरिएको हो । जनप्रतिनीधि भएर पत्रकारहरु उपर गुण्डा लगाएर हातपात सहित कुटपिट गराएको भन्दै विरोध गरेको हो । यानका पदाधिकारीहरुसहित जनकपुरका युवाहरुको सहभागीतामा मेयर विरुद्ध प्रदर्शन गरिएको थियो ।
यस्तै, धनुषा ढल्केवरमा वातावरण संरक्षण अभियानी दिलिप कुमार महतोको हत्या प्रती यानका पदाधिकारीहरुले प्रदर्शन गरेको छ । यानले शनिबार सांझ ५ः०० बजे जनकपुरधाममा प्रर्दशन गरेको हो । युवा अगुवा सरोज मिश्रको अगुवाईमा स्थानीय युवाहरुको सहभागितामा प्रदर्शन गरिएको हो ।

प्रर्दशनको क्रममा युवा अगुवा सरोज मिश्रले भन्नुभयो–“पहिला अभियानिहरु लाई डराउने धमकाउने, कूटने काम गरिन्थ्यो, माफियाहरू एवं भ्रष्टाचारीहरू अभियानिहरुलाई ज्यानै मार्न लागेको प्रति कड़ा बिरोध गर्दै बिरोध प्रदर्शन गरेका छौं । उहाँले अन्याय विरुद्ध युवाहरुको कदम सहित हातमा हात मिलाउँदै खडा भएको बताउनुभयो ।
यता, काठमान्डौंको माईतीघर मण्डलामा पनि यानका पदाधिकारीहरुले प्रदर्शन गरेका छन् । दिलीपको हत्याराको कारवाहीको माग गर्दै उनीहरु दीप प्रज्वलन गर्दै प्रर्दशन गरेको हो ।
यान अध्यक्ष राहुलराज यादव भन्छन, “दोषीलाई कडा भन्दा कडा कारवाही नगरे हामी आन्दोलन गर्न बाध्य हुनेछौँ। यो टिपर केवल दिलिप महतो माथी हैन, यो टिपर सम्पुर्ण अभियानीहरु माथी चलाइएको हो। यो कस्तो देश हो नेपाल जहाँ अन्याय र गलतको विरोध बोल्दा मृत्युलाई वरण गर्नुपर्छ।”

दिलीप हत्या प्रकरणमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । अवैद्य उत्खननको विरोधमा खडा उत्रेका अभियानी दिलीप महतोलाई रड घोचेर घाईते बनाएर खोलामा सुताउँदै उनको शरिर उपर ट्रिपर चलाएर किचेर मारेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…