प्रदेश नं. २ : ढल्केवरको अवस्था तनावग्रस्त, २५ राउण्ड अश्रुग्यास प्रहार !
सोही क्रममा विहानै निगरानी गर्न खोला पुगेका महतोलाई ट्रिपरबालाले समातेर कुल्चेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ पुस २५ शुक्रबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एकाविहानै एक युवकलाई ट्रिपरले किचेर हत्या गरेपछि धनुषाको ढल्केवरको अवस्था तनावग्रस्त बनेको छ ।
स्थानीय एक युवकको हत्याको विरोध गर्दै स्थानीयहरुको भीड प्रहरी उपर ढुँगामुढा गर्न थालेपछि भीडलाई नियन्त्रणको लागि २५ राउण्ड अश्रूग्यास प्रहार गरेको ढल्केवर प्रहरीले जनाएको छ । युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रेका सयौंको सँख्यामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रणको लागि प्रहरीले आसु ग्यास प्रहार गरेको जनाइएको छ ।
सोही झडपमा परी ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी जवान सचेन्द्र कुमार यादव घाईते भएका छन् । उनको च्यूडा (दाढी, मुखको तलको भाग) मा चोट लागेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले फालेको ढुँगा उनको अनुहारमा लागेको जनाइएको छ ।
यो पनि पढनुहोस् : विहानै दुःखद खवर : 'अवैद्य उत्खननमा निगरानी राख्ने युवकलाई ट्रिपरले कुल्चेर मारे' !
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर भन्ने टोल नजिकै रहेको औहरी खोलामा बालुवा गिट्टी उत्खन्न उपर निगरानी राख्ने युवकलाई आज ९शुक्रबार० विहान करिब ५ः०० बजे उनलाई कुल्चेर मारेपछि अवस्था तनावग्रस्त बनेको हो ।
त्यस खोलाबाट अवैद्य उत्खनन् रोक्नको लागि ती युवक दिनहुँ जसो निगरानी गर्दै आएकोमा आज विहान उनलाई हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय राम जीवन महतोको छोरा अन्दाजी बर्ष २४ को “दिलिप” भन्ने ओम प्रकाश महतोलाई कुल्चेर मारेको प्रहरीले जनाएको छ ।
महतो विभिन्न समयमा खोलाबाट अवैद्य रुपमा चोरी निकासी गरी उत्खन्न गर्ने ट्रिपरहरु उपर निगरानी गर्दै सरोकारबाला सहित प्रहरीलाई खवर गर्दै आएका थिए । सोही क्रममा विहानै निगरानी गर्न खोला पुगेका महतोलाई ट्रिपरबालाले समातेर कुल्चेको हुन सक्ने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…