शहिदनगरमा निःशुल्क परिवार नियोजन शिविर, दर्जनौ लाभान्वित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजनको शिविर सम्पन्न भएको छ । पुस २३ र २४ गते गरी सँचालन भएको दुई दिने परिवार नियोजन शिविरको क्रममा नगरभरिकी महिलाहरुले सेवा लिएकी हुन् । शहिदनगर नगरपालिकाको ९ वटै वडाकी महिलाहरुले सेवा लिएको जानकारी दिइएको छ । दुई दिने शिविरको

२०७६ पुस २५ शुक्रबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजनको शिविर सम्पन्न भएको छ ।
पुस २३ र २४ गते गरी सँचालन भएको दुई दिने परिवार नियोजन शिविरको क्रममा नगरभरिकी महिलाहरुले सेवा लिएकी हुन् । शहिदनगर नगरपालिकाको ९ वटै वडाकी महिलाहरुले सेवा लिएको जानकारी दिइएको छ । दुई दिने शिविरको क्रममा ५ दर्जन बढी महिलाहरु लाभान्वित भएको मेयर उदय कुमार बरबरियाले जानकारी दिनुभयो ।
स्वास्थ कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा शहिदनगर नगरपालिकाको समन्व्यमा शिविर सम्पन भएको हो । प्राथमिक स्वास्थ केन्द्र यदुकोहाको प्राँगनमा पुस २३ र २४ गते गरी दुई दिन शिविर सन्चाल भएको थियो ।
उक्त शिविरमा डा. पंकज प्रताप देव , अनु सिंह ठकूरी, निलाम प्रजापति , तृष्णा बराल, पासंग डोंग तमांग , सृजना कोइली , मनीषा कार्की, दीपक खड्का , रवि मगर लगायतका डॉक्टरहरुको टीम सहभागी थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…